व्यवसायीको शंकास्पद मृत्यु, सँगै बसेर रक्सी खाएका ४ साथी पक्राउ

धनगढी- काठमाडौंको गोठाटारस्थित सडकमा बेहोस अवस्थामा भेटिएका एक युवकको मृत्यु भएको छ । गोठाटारमा कृषि फार्म सञ्चालन गर्ने ३३ वर्षीय दिलीप कट्टेलको मृत्यु भएको हो ।

उनी बिहीबार गोठाटारकै सडकमा राति करिब १२ बजेतिर बेहोस अवस्थामा फेला परेका थिए । उद्धार गरी वीर अस्पताल लगिएका उनको आइतबार मृत्यु भएको हो । उनी मादक पदार्थ सेवन गरेको अवस्थामा फेला परेको बानेश्वर प्रहरी प्रमुख डीएसपी शिवराज बुढाथोकीले जानकारी दिए । प्रहरीले उनीसँगै बसेर मादक पदार्थ सेवन गरेका चार युवालाई घटनाबारे सोधपुछ गर्न नियन्त्रणमा लिएको छ ।

Dengue

प्रहरीको नियन्त्रणमा रहेका युवाहरू मृतक कट्टेलकै साथी हुन् । कट्टेल बेहोस हुँदा उनका साथीहरू कहाँ थिए भन्नेबारे सोधपुछ गर्न प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ । मृतकको शरीरको बाहिरी भागमा भने कुनै चोट देखिएको छैन । पोस्टमार्टम रिपोर्ट आएपछि प्रहरीले थप अनुसन्धान गर्ने जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार