सम्पत्ति नभएर गरिब भइँदैन, भएको सम्पत्ति नचिनेर गरिब भइन्छ… ! [ विश्व प्रसिद्ध भनाइहरु ]

धनगढी- जीवनमा त्यस्ता कुराले प्रेरणा मिल्छ, भनिन्छ नि मानिस भएर कहिल्यै हिम्मत हार्नु हुँदैन । नदिले कसैसँग कहिले सोधेको छैन समुद्र कहाँ पर्छ भनेर, यस्तै आजको शुभ दिनमा हामीले मुस्कुराइरहनु शुत्रलाई सजाय हो देखि विश्व पसिद्ध भनााइहरुमा शिक्षा एउटा त्यस्तो सशक्त हतियार हो जसेल विश्व बदल्न सक्दछ। विद्वानहरुले भनेका २० भनाईहरुको खोजी गरि तल दिइएको सूचीमा समावेश गरेको छ।

यस्ता छन् प्रसिद्ध २० भनाइहरु 

Seti Hospital

१. मानिस भएर कहिल्यै हिम्मत हार्नू हुँदैन किनकी पहाडबाट निस्केको नदिले कहिल्यै कसैसंग सोधेको छैनकि”समून्द्र कहाँ पर्छ ?”

२. मुस्कुराई रहनु नै सत्रुलाई सजाय हो।

३. असफलता झेल्ने आँट नभएकाहरू सफलताका हकदार हुनै सक्दैनन्।

४. बहादुर त्यो होइन जो डराउँदैन, बहादुर त्यो हो जो डरका बाबजुद पनि अघि बढ्न सक्छ।

५. रिस’को उल्टो ‘सरी’ पनि हुन्छ । कहिलेकाही उल्टो बोल्दा नि फाइदा हुन्छ।

६. सफलताका तीन सूत्रहरू छन्, एक, कहिल्यै हरेस नखाउ, दुई, कहिल्यै हरेस नखाउ र तीन कहिल्यै हरेस नखाउ।

७. यदि हामीले विगत र वर्तमान बिचको विवादलाई हेरिरह्यौ भने आफ्नो भविष्य गुमाएको पाउनेछौ।

८. राजनीति कुनै खेल होइन, यो त कमाइ हुने व्यापार हो।

९. इतिहास सधै विजेताहरूबाट लेखिएको हुन्छ।

१०. धनी हुनलाई ‘सम्पत्तीको थुप्रो’ होइन, ‘सन्तुष्ट मन’ चाहिन्छ । जब जिन्दगीमा तृप्ती मिल्छ तब साग९ सिस्नु नै व्यञ्जन लाग्छ, झुपडी नै महल।

११. मानिसहरू तब मात्र तिम्रो हात समाउँछन जब उनीहरूलाई थाहा हुन्छकि तिमी एक्लै पनि अगाडि बढ्न सक्छौ।

१२. दुनियामा यौटा पनि समस्या नभएको मान्छे को होला रु –एक जना रैछ तर ऊ आर्यघाटमा जल्दै थियो।

१३. यदि सपना पूरा भैरहेको छैन भने बाटो बदल्नुस ,सिद्धान्त होइन ,किनकी रुखले हमेशा पात बदल्ने गर्छ जरा होइन।

१४. जिवनमा जतिनै दुख परेपनि कहिल्यै नआतिनु किनकी विहान हुनको लागी उषाका किरण संगै शितका थोपा झर्नु पर्छ अनि खुशि हुनको लागी दुई नयनविच ऑशुका थोपा वग्नु पर्छ।

१५. शिक्षा एउटा त्यस्तो सशक्त हतियार हो जसेल विश्व बदल्न सक्दछ।

१६. असफलता झेल्ने आँट नभएकाहरू सफलताका हकदार हुनै सक्दैनन्।

१७. सम्पत्ति नभएर गरिब भइँदैन, भएको सम्पत्ति नचिनेर गरिब भइन्छ।

१८. अविवाहितहरू प्रेमको प्रभावले बर्बाद हुन्छन्, विवाहितहरू प्रेमको अभावमा बर्बाद हुन्छन्।

१९. असफलताका दुइ कारण छन् – एक, कसैको सल्लाह नमान्नु र अर्को सबैको सल्लाह मान्नु।

२०. जसले आफ्नो आत्मालाई ढाट्छ, उसले संसारलाई ढाट्न रत्तीभर पनि डर मान्दैन।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार