एन्फा उपाध्यक्ष लामालाई खोज्दै प्रहरी 

काठमाडौं – नेपाल प्रहरीले लागुऔषध मुद्दाका फरार अभियुक्त अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामाको खोजी सुरु गरेको छ । ०६४ जेठ २० गते तत्कालीन पुनरावेदन अदालत पाटनले लामालाई पाँच वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवाना तोकेको खुलेसँगै प्रहरीले खोजी थालेको हो ।

लागुऔषध खैरो हेरोइनसहित ०६१ सालमा उनी पक्राउ परेका थिए । त्यसयता प्रहरीबाट लुकीछिपी बस्दै आएका लामा एन्फाको उपाध्यक्षमा निर्वाचित भएका थिए ।

Dengue

गत वर्षको असार ६ गते एन्फाको साधारणसभाबाट अध्यक्ष पंकजविक्रम नेम्वाङको प्यानलमार्फत उनी उपाध्यक्षमा निर्वाचित भएका थिए । प्रहरीले खोजी गरेको चाल पाएपछि लामा हाल फरार छन् ।

उनको खोजी भइरहेको नेपाल प्रहरीका प्रवक्ता एवं डीआईजी भीमप्रसाद ढकालले बाह्रखरीलाई जानकारी दिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार