आखिर किन सर्यो अनमोल केसीको मुख्य भूमिका रहेको फिल्म ‘फर्की फर्की’ को रिलिज मिति ?

धनगढी – अनमोल केसीको मुख्य भूमिका रहेको फिल्म ‘फर्की फर्की’ को रिलिज मिति परिवर्तन भएको छ। यसअघि जेठ ११ गते रिलिज डेट तोकिएको यो फिल्म अब जेठ १० गतेबाट प्रदर्शन हुनेछ।

बुद्धजयन्तीको अवसर पारेर एकदिन अगावै फिल्म रिलिज गर्न लागेको निर्माता रोहित अधिकारीले जानकारी दिए।जेठ १० गते बुद्धजयन्ती रहेछ। त्यसदिन बिदा हुने भएकाले एकदिन अगाडि रिलिज डेट सारेका हौँ,’ उनले भने।

Dengue

सुयोग गुरुङको लेखन र निर्देशन रहेको यस फिल्ममा रोहितसहित ओम अग्रवालको लगानी छ। फिल्ममा अनमोल सहित जसिता गुरुङ र नवकलाकारद्वय रवी काफ्ले र समृद्धि अर्याल लगायतको अभिनय छ।

अनमोल र जसिताले पहिलोपटक एकसाथ काम गरेका हुन्। लभस्टोरी जनरामा निर्माण हुन लागेको फिल्मको गीतको सुटिङको बाँकी छ। छिट्टै गीतको सुटिङको लागि अन्नपुर्ण बेसक्याम्प र इण्डोनेसियाको बाली जाने निर्माण टिमको योजना छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार