रास्वपाले बोलायो संसदीय दलको बैठक

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ। बैठक शुक्रबार बिहान ११ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको सो पार्टीका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए।

बैठकमा मुख्य रुपमा आगामी अधिवेशनका सन्दर्भमा गरिने तयारीका विषयमा छलफल हुने बताइएको छ।

Seti Hospital

बैठकमा उपस्थिति हुनु अघि सभापति रवि लामिछानेले सांसदहरूलाई प्रश्नहरू पठाएका छन्। जसमा तत्काल बन्नुपर्ने ४० वटा विधेयकमा सांसदहरू रहेका समितिसँग सम्बन्धित विधेयकहरू र त्यसको अवस्था के छ? अहिले बनिरहेका विधेयकहरूमा पार्टीको चुनावी वाचापत्रमा भएका विषयको सम्बोधन हुने अवस्था के छ? आउने अधिवेशनमा सांसदहरूले उठाउने नागरिक र स्थानीय तहका मुद्दा के हुन्? भन्ने प्रश्न छन्।

संघीय संसद्को आगामी अधिवेशन यही माघ २२ गतेबाट सुरु हुँदैछ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार