लाखौं सपना बुनेर जापान छिरेका एक युवक उतै अस्ताए

लमजुङ — लमजुङका एक जना युवकको जापानमा मृत्यु भएको छ । दोर्दी गाउँपालिका-६, छोटेखोला घर भइ हाल जापानको नागोया सहरमा बस्दै आएका २२ वार्षिय युवराज तामाङको मृत्यु भएको हो ।पारिवारिक स्रोत र उनका साथीहरुले युवराजको हृदयघातबाट निधन भएको जानकारीमा आएको बताएका छन् ।

युवराज जापानको समय जनवरी ३१ तारिखका दिन बिहान ७ बजेर ३ मिनेट जाँदाको समय (नेपाली समयअनुसार बुधबार बिहान पौने ४ बजेतिर) अस्पतालले निधन भएको जानकारी दिएको उनका साथीहरुले बताएका छन् ।

Dengue

उनीसँगै बेंसीसहरमा क्याम्पस पढेर जापानमा पनि एउटै भवनमा बसेर एउटै कलेजमा पढ्दै आएका विपिन घिमिरेका अनुसार युवराज र उनी छुट्टाछुट्टै कोठामा बस्दै आएका थिए । युवराजसँगै बस्दै आएका साथीले राति मोबाइल हेरिरहेका युवराज एक्कासी असहज भएको अवस्थामा भएको थाह पाएपछि खबर गरेको र सबै मिलेर अस्पताल लगेको बताए । ‘हामीले जानकारी पाउनेवित्तिकै अस्पताल लग्यौं । साथीलाई बचाउन सकेनौं,’ घिमिरेले भने ।

विद्यार्थी भिसामा २०७९ कार्तिक २७ गते जापान पुगेका युवराज जापनको नागोया सहरस्थित नेनपाकु कुमा बस्दै इक्सास जापानिज भाषा विद्यालयमा पढ्दै आएका थिए । दोर्दी गाउँपालिका(६ का वडा सदस्य एवं मृतकका मामा नाता पर्ने भीमबहादुर तामाङले युवराजको शव नेपाल ल्याउन पहल भइरहेको बताए ।

हाल बेंसीसहर बस्दै आएका युवराजको परिवामार बाबाआमा, एकजना दिदी र एकजना दाइ छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार