बझाङबाट राहुल र राकेश बेपत्ता, सम्पर्कमा आउन परिवारको आग्रह

बझाङ– बझाङको केदारस्यूँ गाउँपालिकाका दुई बालक बेपत्ता भएका छन्। केदारस्यूँ गाउँपालिका–८ सुकानाउलाका जयभान बोहराका दुई छोरा घरबाटै बेपत्ता भएका हुन्। मंगलवार दिउँसो घरमा कोही नभएको समयमा आन्दाजी १२ वर्षीय राहुल बोहरा र ९ वर्षीय राकेश बोहरा बेपत्ता भएको बालकका दाई हरिलाल बोहराले जानकारी दिए।

जयभान र उनी श्रीमती शान्ति विगत ४ वर्षदेखि रोजगारीको सिलसिलामा भारतको ब्याङ्लोरमा बस्दै आएका छन्। राहुल र राकेशलाई विद्यालय पढाउनका लागि घरमै जेठी आमा सिमचडी बोहरासँग राखिएका थिए। जेठी आमा घरको कामले बाहिरी गएको बेला घरबाट उनीहरू बेपत्ता भएको बताइएको छ। कसैले उनीहरूलाई देखे वा भेटेमा ९७४६३२७०१९ सम्पर्क गरि सहयोग गरिदिन पारिवारिक स्रोतले आग्रह गरेको छ।
 

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार