जग्गा खरिदबिक्रीको भ्रष्टाचारमा भारतका मुख्यमन्त्री पक्राउ

भारत – भारतको झारखण्ड राज्यका मुख्यमन्त्री हेमन्त सोरेन पक्राउ परेका छन् । भारतको प्रवर्तन निर्देशनालय ९ईडी० ले बुधबार राति उनलाई पक्राउ गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

पक्राउ गर्नुअघि झारखण्डको राजधानी राँचीमा सोरेनसँग मुख्यमन्त्री निवासमै दिनभरि बयान लिएको थियो । बयानपछि ईडीका अधिकारीहरूले राति उनलाई नियन्त्रणमा लिएको समाचारमा उल्लेख छ ।

Dengue

मुख्यमन्त्री सोरेनमाथि जग्गा खरिदबिक्रीमा भ्रष्टाचार गरेको आरोप छ । राँचीमा रहेको भारतीय सैनिकमातहतको चार एकडभन्दा बढी जग्गा नक्कली कागजात बनाएर बिक्री गरिएको र त्यसमा मुख्यमन्त्रीको संलग्नताको आरोप छ ।

ईडीले पक्राउ गरेको औपचारिक जानकारीअघि सोरेनले राति नै राज्यपालकहाँ पुगेर मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् ।केन्द्र सरकार मातहतको ईडीले सम्पत्ति शुद्धीकरण, विदेशी मुद्रा कानुनको उल्लंघनलगायत विषयमा छानबिन गर्छ ।

झारखण्ड मुक्ति मोर्चा पार्टीबाट सोरेन मुख्यमन्त्री भएका थिए। उनी आदिवासी जनजाति समुदायलाई प्रतिनिधित्व गर्छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार