आश्चर्यको कुरो : चन्द्रमाको माटोमा पनि बिरुवा !

पृथ्वीको उपग्रह हो, चन्द्रमा । त्यहाँ पानी, हावा र जीव तथा वनस्पति केही पनि छैन । तर, त्यहाँ ढुंगा छ । माटो छ । पहाड, लेक, मैदान र खोच तथा क्रेटर छ । धरातल पृथ्वीभन्दा फरक छैन ।

तर, जीवन छैन त्यहाँ, मात्र जगत् छ । त्यो पनि चन्द्र जगत् ! तर आश्चर्यको कुरा के भएको छ भने चन्द्र जगतबाट पृथ्वीमा ल्याइएको माटोमा वैज्ञानिकले बिरुवा उमारेका छन् ।

Dengue

अब प्रश्न उठ्छ, के चन्द्रमाको माटो अझै जिवित छ ? त्यसो भए त हावा र पानी मात्र भएपछि चन्द्रमामा बस्ती बस्न सम्भव देखिन्छ । पृथ्वीका वैज्ञानिकले चन्द्रमामा बस्ती बसाल्ने सपना पनि देखिरहेका छन् । यसै बेला तालमा ताल पनि मिल्न गयो । चन्द्रमाबाट ल्याइएको माटोमा पहिलोपटक बिरुवा पनि उम्रियो । चन्द्रमाको माटोमा बिरुवा उम्रिएको देखेपछि आफैंले गरेको प्रयोगमा वैज्ञानिक स्वयं चकित भएका छन् ।

यसपछि त उनीहरूको स्फूर्तिले चन्द्रमा छुन पुगेको छ । साच्चै ! चन्द्रमामा लामो समयसम्म मानिस बस्न सम्भव हुने बनाउन सकिने परिकल्पना गर्न थालेका छन् वैज्ञानिक ! माटो परीक्षण एक महत्वपूर्ण कदम हुने वैज्ञानिकको ठहर छ ।

यो माटो सन् १९६९ देखि १९७२ सम्मका ‘अपोलो अभियान’का क्रममा चन्द्रमाबाट पृथ्वीमा ल्याइएको हो । यो धूलोमा पानी सिँचाइ गरी उपयुक्त बनेपछि बिउ रोपिएको थियो । त्यसमा दुई दिनपछि नै बिउ अंकुराउन थालेको देखेपछि अनुसन्धानकर्ताको हर्षको सीमा नै रहेन ।

पृथ्वीको माटोसरह यसमा पनि वनस्पतिको उर्वर शक्ति देखेपछि दंग परेका अनुसन्धानकर्ता आफंै फेरि पनि थप अनुसन्धानमा जुटेका छन् । वैज्ञानिक एना–लिजा पोल यो काममा निरन्तर जुटिरहेकी छन् । सुरुका दिनमा अवस्था उस्तै रह्यो चन्द्रमाको माटो र पृथ्वीको माटोमा उम्रिएका बिरुवा ६ दिनसम्म उस्तै एकै प्रकारका देखिए ।

पछिल्ला दिनमा भने चन्द्रमाको माटोमा उम्रिएका बिरुवा ढिलो बढ्न थाले । साथै, ठूला पनि हुन सकेनन् । ती ठूला पनि भएनन् । तर, पनि अमेरिकी अन्तरिक्ष प्रशासनका वैज्ञानिक भने चन्द्रमा र मंगल ग्रहमा पाइने माटोमा यस्ता प्रयोग निरन्तर गरिरहेका छन् । यसको अर्थ हो, कतै चन्द्रमा र मंगल ग्रहमा मानवबस्ती बसाउन र खानाको स्रोत जुटाउन सकिहालिन्छ पो कि !

अहिलेको परीक्षण अनुसन्धानमा परेको समस्या भनेको मंगल ग्रह र चन्द्रमाको माटो थप अनुसन्धानका लागि पर्याप्त छैन । किनकि, सन् १९६९ देखि तीन वर्षको अवधिमा नासाका अन्तरिक्षयात्रीले चन्द्रसतहबाट चट्टान, भित्रीभागका नमुना, गिट्टी तथा बालुवा र धुलो गरी जम्मा ३८२ केजी ल्याएका थिए ।
(एजेन्सीको सहयोगमा)

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार