धनगढी – नेपाल प्रहरीको वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा भएका रमेशकुमार बस्नेतलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।
बस्नेतलाई बुधवार प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंगलवार बस्नेतलाई एसएसपीमा बढुवा गर्ने निर्णय गरेसँगै आईजीपी कुँवरले आज दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
माघ ७ मा बढुवा समितिको बैठकले बस्नेतलाई एसएसपीमा बढुवा गर्न सिफारिश गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्