बिजुली विस्तारको काम गर्दा गर्दै एघार हजार भोल्टको करेन्ट लियो ज्यान

कञ्चनपुर- कञ्चनपुरमा पोलमा तार विस्तार गरिरहेका एक कामदारको मृत्यु भएको छ।

जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ३ स्थीत आईबीआरडीमा पोलमा तार विस्तार गरिरहेका ३२ वर्षीय राधेश्याम रानाको करेन्ट लागेर मृत्यु भएको हो। आज बुधवार बिहान ११ हजार भोल्टको करेन्ट लागेर अस्थायी प्रहरी पोस्ट आईबीआरडीको नजिक पुनर्वास नगरपालिका वडा नम्बर १ पुरैनाका रानाको मृत्यु भएको प्रहरीले जनाएको छ।

Seti Hospital

काम भईरहेको क्षेत्रको ट्रान्सफर्मरबाट ठेकेदार कम्पनीका कर्मचारीले विधुत कटौती गरि काम सुरु गरेका थिए। तर, १५ मिनेट पछि एक्कासि विधुत सुचारु हुँदा उनी पोलबाट खसेका हुन। घाइते भएका रानाको उपचारका क्रममा माया मेट्रो हस्पिटल धनगढीमा मृत्यु भएको बिधुत वितरण केन्द्र बेलौरीका प्रमुख टंकराज गिरीले बताए। सो क्षेत्रमा विद्युत् स्तरवृद्धिको काम जारी छ। पूर्णागिरी कन्स्ट्रक्सन प्रा.लि.ले नेपाल विधुत प्राधिकरणबाट ठेक्का लिई लाईन स्तरवृद्धिको काम गरिरहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार