बंगलादेशविरुद्ध टस जितेर नेपाल ब्याटिङ गर्दै

धनगढी – आइसिसी यू– १९ विश्वकप क्रिकेट प्रतियोगिताको सुपर सिक्सको पहिलो खेलमा नेपालले आज बंगलादेशको सामना गर्दै छ ।

नेपालले टस जितेर पहिले ब्याटिङ थालेको छ । नेपालको तर्फबाट विकेटकिपर विपिन रावल र अर्जुन कुमालले ब्याटिङ सुरुवात गरेका छन् ।नेपाल समूह ‘डी’को तेस्रो तथा बंगलादेश समूह ‘ए’को दोस्रो स्थानमा रहँदै सुपर सिक्समा छानिएका हुन् । नेपालका लागि भने सुपर सिक्सको खेल औपचारिकतामै सीमित बन्न पुगेको छ ।

Dengue

सुपर सिक्सको यो समूहमा रहेका भारत र पाकिस्तानले हिजो भएको खेल जितेसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । नेपाल कुनै पनि अंक नलिई सुपर सिक्समा गएको हो । नेपालले सुपर सिक्समा बंगलादेश र भारतसँग प्रतिस्पर्धा गर्नेछ । दुवै खेल जित्दा पनि नेपालको जम्मा चार अंक हुने भएकाले प्रतियोगिताबाट नेपाल बाहिरिएको हो ।

सुपर सिक्समा पुग्दा भारत र पाकिस्तान भने चार–चार अंक लिएर गएका थिए भने नेपाल विनाअंक पुगेको हो । समूह चरणमा आफूले हराएको टिम सुपर सिक्समा प्रवेश गरेको अवस्थामा प्रत्येक टिमबापत दुई अंक प्राप्त गर्ने प्रावधान हुन्छ । त्यही प्रावधानका कारण भारत र पाकिस्तानले चार चार अंक पाएका हुन् । नेपालले भने समूह चरणको अन्तिम खेलमा अफगानिस्तानलाई हराएको थियो । तर, अफगानिस्तान सुपर सिक्समा प्रवेश नगरेकाले नेपाल अंकविहीन भएको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार