एमाले नेता नेम्वाङ गेष्ट हाउसमै ढलेपछि जिल्ला अस्पताल ताप्लेजुङमा भर्ना

ताप्लेजुङ — प्रतिनिधिसभाका सांसद एवं एमाले नेता वसन्त नेम्वाङ अचानक बिरामी भएपछि जिल्ला अस्पताल ताप्लेजुङ पुर्‍याइएको छ । नेकपा एमाले जिल्ला कमिटी ताप्लेजुङको सचिवालय बैठकमा सहभागी हुन ताप्लेजुङ सदरमुकाम फुङलिङ पुगेका उनी बसेको ठाउँबाट उठ्न नसकेपछि अस्पताल पुर्‍याइएको एमाले उपसचिव मणिशंकर पोमुले जानकारी दिए ।

उहाँ पाथीभरा गेष्ट हाउसमा हुनुहुन्थ्यो, खाना खाएर बसेको ठाउँबाट उठ्न नसकी ढलेपछि अस्पताल ल्याएका छौं,’ पोमुले भने, ‘काठमाडौं लैजानलाई हेलिकप्टर झिकाइसकेका छौं ।’ अस्पतालले यस सम्बन्धी केही बताएको छैन ।

Dengue

बुधबार हुने सचिवालय बैठकका लागि प्रदेश अध्यक्ष घनश्याम खतिवडा लगायतका नेता ताप्लेजुङ आएको पोमुले बताए । नेम्वाङ एमाले जिल्ला कमिटी ताप्लेजुङका इञ्चार्ज हुन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार