कामना सेवा विकास बैंकको संस्थापक शेयर सर्वसाधारणले किन्न पाउने

धनगढी- कामना सेवा विकास बैंकको ५ लाख ९ हजार ८९२ कित्ता संस्थापक शेयर विक्रीमा आएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीसँगै अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरिद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो । 

यसअघि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरिद गर्न पाउने गरी जारी गर्दा विक्री हुन नसकेपछि कम्पनीले अन्य व्यक्ति तथा संस्थाहरूमा यी शेयर विक्री गर्न लागेको हो । यो शेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम २ लाख कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । 

इच्छुक खरीदकर्ताहरूले माघ २४ गतेभित्र विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालय कमलादी, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र प्राप्त गोप्य शिलबन्दी बोलपत्र माघ २४ गते विहान ११ बजे खोलिने जानकारी विक्री प्रबन्धकले दिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार