एकैदिन तीन सडक दुर्घटनामा १९ जनाको मृत्यु

काठमाडौं– देशका फरक–फरक स्थानमा भएका सडक दुर्घटनामा १९ जनाको मृत्यु भएको छ । दाङ, बागलुङ र काठमाडौंमा भएका तीन दुर्घटनामा उनीहरुको मृत्यु भएको हो । 

दाङको भालुवाङमा भएको बस दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । बाँकेको नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति दाङ देउखुरीको राप्ती गाउँपालिका–१ भालुबाङस्थित राप्ती नदीको पुलबाट खसेको थियो । 

Dengue

यसैगरी बागलुङमा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बुर्तिबाङ बजारबाट ढोरपाटन उपत्यका गइरहेको जिप ढोरपाटन नगरपालिका–५ अस्तुमा दुर्घटना भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ ।

यस्तै काठमाडौंको चन्द्रागिरि नगरपालिका–४ पानीघाट नजिक हिमचुली सेतो पहरा भन्ने ठाउँमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङतर्फ गइरहेको गाडी अनियन्त्रित भई सडकदेखि पाँच सय मिटर तल खसेर दुर्घटना भएको हो । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार