डाक्टर दम्पतीको वियोग : २ छोराछोरीसहित अस्ताए महेश, बाँचिन् तर एक्ली भइन् सृष्टि

काठमाडौं- काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश – ३ – ०१ -०२३ ठच ६९८५ नम्बरको कार दुर्घटना हुँदा कार चालक डा. महेशकुमार गौतम र उनका दुई सन्तान ६ वर्षीया स्मारिका र ४ वर्षीय प्रियान्स गौतमको मृत्यु भयो ।

Dengue

दुर्घटनामा काठमाडौंको मैतिदेवी बस्ने वर्ष ६७ वर्षीय ओमकार निधि तिवारी र ६४ वर्षीया कल्पना तिवारीको पनि मृत्यु भयो ।दुर्घटनामा डा. गौतमकी श्रीमती डा. सृष्टि तिवारी गौतम सामान्य घाइते भएकी छिन् । उनी क्यान्सर रोग विशेषज्ञ हुन्।

सृष्टि नेपाल क्यान्सर हस्पिटलमा क्यान्सर विशेषज्ञका रुपमा कार्यरत छिन् ।महेशले भने लाजिम्पाटस्थित आफ्नै घरमा नेशनल आस्थमा एलर्जी सेन्टर सञ्चालन गर्दै आएका थिए ।​

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) कुमुद ढुंगेलका अनुसार गाडी अनियन्त्रित भई सडकबाट करिब ५ सय मिटर तल खसेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार