बाबुरामको पार्टीसँग एकता गर्न प्रचण्डको नेतृत्वमा समिति गठन

धनगढी – नेकपा माओवादी केन्द्रले बाबुराम भट्टराईले नेतृत्व गरेको नेपाल समाजवादी पार्टीसँग एकताका लागि एकता संयोजन समिति बनाएको छ । शनिबार बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संयोजकत्वमा समिति बनाउने निर्णय गरेको माओवादी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । २०७९ सालको निर्वाचनदेखि भट्टराई नेतृत्वको पार्टीसँग एकता गर्ने भनेपनि प्रचण्डले अल्मल्याएका थिए । तर शनिवार बसेको बैठकले त्यसका लागि प्रचण्डलाई नै जिम्मेवारी दिएको हो ।

शनिबारको बैठकले विधान सम्मेलनका प्रतिनिधि छनोटका लागि मापदण्ड पनि बनाएको छ । बैठकमा माओवादीका प्रदेश इन्चार्जहरुले रिपोर्टिङ गरेका थिए । माओवादीले आउँदो फागुन १, २ र ३ गते विधान सम्मेलन गर्ने निर्णय गरेको छ । यसै गरी पार्टी कमिटीलाई अहिले जस्तो भद्दा नबनाउन भन्दै १५१ सदस्यीय केन्द्रीय समिति बनाउन प्रस्ताव गरिएको छ । ‘हामीले संगठनलाई सानो बनाउने केन्द्रीय समिति पोलिटब्युरो, स्थायी कमिटी सबैलाई अहिलेको जस्तो ठूलो नबनाउने सुझाव दिएका छौं । प्रदेश, जिल्ला र पालिकालाई अधिकार सम्पन्न गराउनुपर्छ भन्ने हाम्रो सुझाव छ,’ विधान मस्यौदा समितिका एक सदस्यले भने ।

Dengue

माओवादीमा अहिले केन्द्रीय सदस्य ३८५, वैकल्पिक केन्द्रीय सदस्य १९९ रहेका छन् । केन्द्रीय कमिटीबारे प्रश्न उठेपछि विधान समितिले व्यवस्थित बनाउने गरी मस्यौदा तयार पारेको छ । जुन प्रतिवेदन प्रचण्डलाई बुझाइएको छ । समितिले तयार पारेको मस्यौदालाई जिल्ला तहमा एक महिनासम्म छलफल गरेर फागुनमा हुने सम्मेलनबाट पूर्णता दिने माओवादीको तयारी छ । उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा गठित समितिमा महासचिव देव गुरूङ, उपमहासचिवहरू वर्षमान पुन, जनार्दन शर्मा र गिरिराजमणि पोखरेल, सचिवद्वय गणेश साह र राम कार्की सदस्य छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार