पीएम कपमा पुलिस र लुम्बिनीको विजयी सुरुवात

धनगढी – आजदेखि शुरु भएको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेशले जित हासिल गरेका छन्।

नेपाल पुलिस क्लबले बागमती प्रदेशलाई ६८ रनले पराजित गरेको छ। पुलिसले दिएको २८३ रनको लक्ष्य पछाएको बागमतीले ४२.३ ओभरमा अल आउट हुदै २१४ रन बनाएको हो । यस अघि पहिला ब्याटिंग गर्दै पुलिसले ५० ओभरमा ८ विकेट गुमाउदै २८२ रन बनाएको थियो।

SHIKHAR COOL TECH

त्यस्तै आजै भैरहवामा सम्पन्न खेलमा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलाई ४ विकेटले पराजित गरेको छ। गण्डकी प्रदेशले दिएको ११२ रनको लक्ष्य पछाएको लुम्बिनीले २८.२ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो।

यसअघि पहिला ब्याटिंग गरेको गण्डकी ३४.४ ओभरमा अलआउट हुदै १११ रन मात्र बनाएको थियो । खराब मौसममा कारण यो खेल ४२/४२ ओभर मात्र खेलाइएको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार