माईतमै गएर सासुकै अगाडी श्रिमतीको हत्या

पाँचथर – जिल्लाको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । तुम्बेवा गाउँपालिका–४ हाङगुम बस्ने ३५ बर्षीय नरधोज कुरुम्बाङले आफ्नै श्रीमती ३५ बर्षीया गोमा फियाकको धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् ।

गोमा माइतीघर बस्दै आएकी थिइन् । ससुरालीघर आएका नरधोजले बिहीबार घरायसी बिवादको क्रममा खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी, प्रहरी निरिक्षक सुमित कुस्वाहाले बताए ।

Seti Hospital

घटनामा मृतक गोमाका आमा कान्छीमाया फियाक र छिमेकी महेन्द्र श्रेष्ठ घाइते भएका छन् । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । नजरधो घटनापछि फरार रहेका छन् । उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार