नेपालगञ्जबाट काठमाडौं जादैं गरेको बस राप्ती नदीमा खस्यो, ६ जनाको मृत्यु

बुटवल : लुम्बिनी प्रदेशको राजधानी दाङको देउखुरीस्थित भालुवाङमा नाइट बस दुर्घटना हुँदा कम्तिमा ६ जनाको मृत्यु भएको छ। उद्धारमा खटिएका भालुवाङका स्थानीय व्यवसायी भरतमणि न्यौपानेले ६ जनाको मृत्यु भएको बताए।

बाँकेको नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको भे १ ख ३९१२ नम्बरको बस राप्ती नदीमा खसेको स्थानीय दामोदर खनालले जानकारी दिए।

अन्य पनि च्यापिएको हुनसक्ने प्रहरीले जनाएको छ। रातको समय भएकाले उद्धारमा समस्या भइरहेको स्थानीयको प्रतिक्रिया छ। भालुवाङको राप्ती पुलबाट बस खोलामा खसेको हो। विस्तृत विवरण आउन बाँकी छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार