टेलिकमको कवाडी बिक्रीमा १ करोड ६ लाख रुपैयाँ हिनामिना भएको पुष्टि

धनगढी — नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुदूरपश्चिमले कैलालीस्थित दुरसंचार कार्यालय गेटाबाट तामाजन्य (स्क्रप कपर केबल) कवाडी सामानको लिलाम बिक्रीका क्रममा कार्यालयबाट एक करोड ६ लाखभन्दा बढी रकम हिनामिना भएको खुलेको छ ।

निकासा भएको सामानको पुन: तौल गर्दा कार्यालयमा दाखिला गरिएको भन्दा १२ हजार ५७१ किलो ९१२।५७१ टन० बढी तौलको सामान फेला परेको छ ।

Seti Hospital

टेलिकमले १५ हजार ६ सय ७९ किलो (१५.६७९ टन) बिक्री गरेर निकासा गरेको अभिलेख छ । तर पुन: तौल गर्दा २८ हजार २५० किलो (२८.२५० टन) फेला परेको छ । ठेक्का सम्झौता अनुसार टेलिकमले लिलाम बिक्री गरेको उक्त तामाजन्य सामग्रीको बिक्री मूल्य प्रति टन भ्याटसहित आठ लाख ५० हजार ८९० रुपैया पर्छ । जस अनुसार एक करोड ६ लाख ९६ हजार रुपैयाँ मुल्य बराबरको सामान बिक्रीमा हिनामिना भएको पुष्टि हुन्छ ।

ईलाका प्रहरी कार्यालय मालाखेती अत्तरियाको नियन्त्रणमा रहेको रा.१ ख ३२०६ नम्बरको ट्रकमा रहेको सामान बिहीबार तौल गर्दा १४ हजार ९८२ किलो (१४.९८२ टन) भेटिएको थियो । अर्को ना ६ ख ४६० नम्बरको ट्रकमा रहेको सामान शुक्रबार तौल गर्दा १३ हजार २६८ किलो (१३.२६८ टन) देखिएको हो । जिल्ला प्रशासन कार्यालयद्धारा गठित छानविन समितिले ट्रकको सामान पुन: तौल गर्दा उक्त परिमाण भेटिएको हो ।

जिल्ला प्रशासन कार्यालय कैलालीले प्रशासकीय अधिकृत शिवराज जोशीको संयोजकत्वमा छानविन समिति गठन गरेको छ । छानविनका क्रममा बिहीबार ईलाका प्रहरी कार्यालय मालाखेतीमा राखिएको ट्रकको सामान तौल गरिएको हो । ‘टेलिकमको अभिलेख भन्दा बढी परिमाणमा सामान भेटिएको छ,’ छानवीन समितिका संयोजक जोशीले भने, ‘हामीलाई तौल गर्ने मात्र म्यान्डेट छ । प्रमुख जिल्ला अधिकारीलाई त्यही प्रतिवेदन दिन्छौं ।’

आइतबार दुरसंचार कार्यालय गेटाबाट लोड भएर नेपालगञ्ज लैजादै गरेको अवस्थामा कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रको निर्देशनमा दुई वटा ट्रक सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए । ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले रा.१ ख ३२०६ नम्बरको ट्रक गेटा आँखा अस्पताल नजिकबाट नियन्त्रणमा लिएको थियो । ना ६ ख ४६० नम्बरको ट्रकलाई पनि आइतबार नै सशस्त्र प्रहरीको टोलीले कैलालीकै हसुलियाबाट नियन्त्रणमा लिएको थियो ।

निर्देशनालयका प्रमुख किशोर भट्टका अनुसार प्रवल थापाको नाममा रहेको बि.एल.एस कन्स्ट्रक्सन काठमाण्डौं नामक कम्पनीले प्रादेशिक निर्देशनालयसँग ९६ टन कवाडी खरिदको सम्झौता छ । टेलिकमको सम्पर्कमा कम्पनीको तर्फबाट श्याम कुमार जैसवालले कारोबार हेर्ने गरेका छन् ।

उक्त कम्पनीले टेलिकमसँग प्रतिकिलो भ्याटसहित ८ सय ५० रुपैया ८९ पैसामा खरिद सम्झौता गरेको छ । ठेक्का सम्झौता अनुसार टेलिकमले लिलाम गरेको उक्त तामाजन्य सामग्रीको बिक्रीमूल्य प्रति टन भ्याटसहित आठ लाख ५० हजार ८९० रुपैया पर्छ ।

ठेकेदार कम्पनीले निर्देशनालयका अनुसार कम्पनीले टेलिकमका विभिन्न कार्यालयहरुबाट हालसम्म ६७ हजार २४९ किलो सामान उठाइसकेको अभिलेख छ । सम्झौता अनुसार अब अत्तरिया, लम्की, महेन्द्रनगर, डडेलधुरा र दीपालयबाट सामान उठाउन बाँकी छ ।

तर गेटाकै कार्यालयबाट उठाएको सामानमा १२.५७१ टन परिमाण बढी पाएपछि यसअघि निकासी भएको परिमाणमा पनि प्रश्न उठेको छ । यस कार्यमा प्रहरीका केही अधिकृतहरु, टेलिकमका कर्मचारी र ठेकेदार कम्पनीबीच मिलेमतो भएको आशंका रहेको सुरक्षा स्रोतका एक अधिकृत बताउँछन् । तर निर्देशनालय अत्तरियाका प्रमुख किशोर भट्ट भने आफ्नो कार्यालयका तर्फबाट कुनै कमजोरी नरहेको दाबी गर्दै आएका छन् ।

यता प्रमुख जिल्ला अधिकारी मिश्रले छानविन समितिबाट प्रतिवेदन प्राप्त भएपछि थप प्रक्रियाबारे निर्णय हुने बताए ।कान्तिपुरबाट

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार