अन्ध विश्वास अझै कायमै : डोटीमा अस्पताल भन्दा पहिले झाँक्री कहाँ पुग्दा गयो ज्यान

डोटी – दीपायल सिलगढी नगरपालिका–९ की २२ वर्षकी गर्भवतीलाई व्यथा लागेपछि बिहीवार बेलुकी साढे ७ बजेतिर सासूसहित छिमेकीले जिल्ला अस्पताल डोटी पुर्‍याएर । गर्भवतीको व्यथा बढ्दै गयो र राति १० बजेतिर पाठेघर खुल्यो तर बच्चा बाहिर निस्कन सकेन ।
पाठेघर खुलेको दुई घण्टापछिसम्म शिशु बाहिर निस्किन नसकेपछि मध्यरातमा डा. निराजन श्रेष्ठको टोली अपरेशनको तयारीमा जुट्यो । यता आमाले अस्पतालबाटै बुहारीको अपरेशनु गर्ने जानकारी दिल्लीमा रहेका छोरालाई सुनाइन् । छोराले लागदोष (देउता, भूतप्रेत) लागेर बिरामी भएको होला, भोलि देउतालाई नसोधी केही गर्न हुँदैन भन्ने खबर पठाए । छोराको कुरा आमाले डाक्टरको टोलीलाई सुनाइन् ।
तत्काल अपरेशन नगर्ने हो भने अवस्था गम्भीर हुने भन्दै डाक्टरको टोलीले जति सम्झाउने प्रयास गरे तर कोही तयार भएनन् । ‘आमा र बच्चा दुवैको ज्यान जोखिममा छ । ढिलो भयो भने बचाउन सकिन्न भन्यौँ’, ‘डाक्टर निराजन श्रेष्ठले भन्नुभयो, तर उहाँहरू देउतालाई नसोधी हुन्न भन्नेमा अडिग रहनुभयो ।’

गर्भवती महिलाको परिवार भोलिपल्ट बिहान ८ बजे अब के गर्ने भन्ने सल्लाह लिन गाउँकै धामीकहाँ पुग्यो । धामीले दुई/चार घण्टालाई केही हुन्न म रोक्छु, त्यतिञ्जेल बच्चा जन्मिन्छ, नआत्तिनु भनेपछि परिवार पनि ढुक्क भए ।
गर्भवतीको अवस्था गम्भीर बन्दै गएपछि अस्पतालले एकपटक फेरि अपरेशनु का लागि तयार हुन वा अन्यत्र लैजानका लागि आग्रह गर्‍यो । त्यति गर्दा पनि परिवार सहमत नभएपछि डा. श्रेष्ठले दिल्लीमा रहेका छोरासँग भिडियो कलमा कुरा गर्नुभयो । डा. श्रेष्ठले गर्भवतीको अवस्था गम्भीर भएको भन्दै अपरेशनका लागि तयार हुन वा विश्वास नलागे अन्यत्रै लैजान भनेपछि बल्ल छोरा अपरेशन का लागि तयार भए । छोराले सहमति दिएपछि आमाले कागजमा हस्ताक्षर गरिन् ।

dashain shuvakamana
Discovery School

बिहान ९ बजे चिकित्सकको टोली अपरेशन को तयारीमा जुट्यो । अपरेशन अघि भिडियो एक्सरे गर्दा शिशुको ज्यान गइसकेको पाइयो । त्यसपछि भ्याक्युम डेलिभरीु मार्फत मृत बच्चा बाहिर निकालियो । यद्यपि समयमै अपरेशन भएकाले आमाको ज्यान भने जोगियो । अहिले आमाको स्वास्थ्य अवस्था सामान्य रहे पनि शिशुको मृत्युको खबरले परिवार स्तब्ध बनेको छ ।
अस्पतालमा ल्याउने धेरै मानिस भूत,प्रेत र देउता लागेको भन्दै उपचार गर्न नमान्ने गरेको बताउनुहुन्छ । ‘हरेक हप्ता एक/दुई जना बिरामी यस्तै कुरा लिएर आउनुहुन्छ । कतिपयले हाम्रो कुरा सुन्छन् त कतिपयले हामीलाई विश्वास गर्दैनन्’, उहाँले भन्नुभयो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार