तराईका अधिकांश भूभागमा हुस्सु, स्थल र हवाई यातायात प्रभावित हुनसक्ने अनुमान

धनगढी- हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन।

यतिबेला ९शुक्रबार बिहान० कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने तराई मधेशका अधिकांश भूभागमा हुस्सु रकुहिरो लागेको छ।

SHIKHAR COOL TECH

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली हुने छ। देशका बाँकी भूभागको मौसम भने मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज राति कर्णाली, सुदूरपश्चिम, गण्डकी र कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने छ भने शनिबार गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने छ।

केही प्रदेशमा मौसम बदली भए पनि आज र भोलि कतै हिमपात र वर्षाको सम्भावना भने नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

तराई मधेशको भूभागका अधिकांश स्थानमा हुस्सु र कुहिरो लाग्ने भएकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायात सेवामा प्रभाव पर्न सक्ने अनुमान महाशाखाले गरेको छ।

त्यसबाट बच्नको लागि आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले सबैमा अनुरोध गरेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार