ओलीको जन्मघर पुगेर प्रसाईंले लेखे– हजुरबुवाको घरमा

धनगढी- पछिल्लो समय राजसंस्था र हिन्दू धर्म फर्काउने अभियन्ताको रुपमा चिनिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको जन्मघर पुगेका छन् ।

यसको जानकारी प्रसाईं आफैँले सामाजिक सञ्जालमार्फत् बुधवार दिएका हुन् ।

Dengue

तेह्रथुमको आठराई गाउँपालिका–४ स्थित इवामा पुगेर प्रसाईंले ओलीकै शैलीमा तस्वीर खिचाएका छन् ।

‘इवा गाउँ- हजुरबुवा केपी ओलीको जन्मघरमा आज,’ भ्यालमा बसेको तस्वीर फेसबूकमा राख्दै उनले लेखेका छन् ।

गत महिनामात्रै ओली एमालेको मध्यपहाडी संकल्प अभियानका क्रममा जन्मघर इवा पुगेका थिए । उनले पनि झ्यालमै बसेर तस्वीर खिचाएका थिए ।

पछिल्लो समय ओलीको कट्टर आलोचक रहेका प्रसाईं जन्मघर पुगेर उसैगरी तस्वीर खिच्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

जति आलोचना गरे पनि प्रसाईंले ओलीलाई हजुरबुवा भन्न चाहिँ छोड्ने गरेका थिएनन् । बुधवार पनि उनले त्यही साइनो लगाएका छन् ।

प्रसाईं ओलीकै गृहजिल्ला झापा निवासी हुन् । कुनैबेला नेकपा (माओवादी केन्द्र) मा रहेका उनी छोडेर एमालेको केन्द्रीय सदस्य बनेका थिए । तर पूर्वराजा ज्ञानेन्द्र शाहलाई प्रमुख अतिथि बनाएर झापामा कार्यक्रम गरेपछि उनी एमालेको कारबाहीमा परेका थिए ।

त्यसयता ओली र प्रसाईंको सम्बन्ध बिग्रिएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार