राष्ट्रियसभा निर्वाचन : आज उम्मेद्वारको नामावली प्रकाशन गरिने

धनगढी – राष्ट्रिय सभा सदस्य निर्वाचनको कार्यतालिका अन्तर्गत आज उम्मेद्वारको नामावली प्रकाशन हुँदैछ । उम्मेदवारीविरुद्ध परेका दाबीविरोध र उजुरीको छानबिनपछि आयोगले आज अपरान्ह नामावली प्रकाशन गर्ने जनाएको छ ।
सोमबार मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध मंगलबार परेका दाबीविरोध र उजुरीमाथि दुई दिन छानबिन गरी आज नामावली प्रकाशन गर्न लागिएको हो ।

उम्मेदवारी परेका दुई जनाविरुद्ध उजुरी परेको छ । सुदूरपश्चिम प्रदेशमा कांग्रेसका तर्फबाट अपाङ्गता समूहबाट उम्मेदवारी दिएका नारायणदत्त भट्ट र कर्णाली प्रदेशमा माओवादी केन्द्रका दलित समूहका उम्मेदवार विष्णु विकविरुद्ध उजुरी परेको छ ।

Dengue

निर्वाचनमा भाग लिन नचाहने उम्मेदवारले भोलि नाम फिर्ता गर्न सक्नेछन् । भोलि नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने कार्यसूची छ ।

पुस २८ गते उमेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका छ । माघ ११ गते १९ पदका लागि निर्वाचन हुने छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार