‘कुकुरको मासुको उपभोगलाई अलबिदा’ कुकुरको मासुमुक्त बन्दै कोरिया

दक्षिण कोरिया – दक्षिण कोरियाको संसद्ले मंगलबार कुकुरको प्रजनन, बध तथा मासु बिक्रीमाथि प्रतिबन्ध लगाउने विधेयक पारित गरेको छ । कुकुरको प्रजनन, बध तथा मासु बिक्री गर्ने परम्परागत अभ्यासलाई कार्यकर्ताहरूले मुलुकका लागि शर्मनाक भनेका छन् ।

कार्यकर्ताका अनुसार कुकुरको मासु लामो समयदेखि दक्षिण कोरियाली परिकारको हिस्सा रहेको छ र एक समयमा उक्त व्यापारका लागि प्रत्येक वर्ष १० लाख कुकुर मारिन्थ्यो । यद्यपि ठूलो संख्यामा कोरियाली मानिसले घरपालुवा जनावरको स्वामित्वलाई अपनाइरहेकाले हालका दिनमा कुकुरको मासुको खपत तीव्र रूपमा घटेको छ ।

Dengue

युवा, सहरी दक्षिण कोरियालीबीच कुकुरको मासु खान वर्जित छ र सरकारमाथि पशु अधिकारकर्मीहरूका तर्फबाट यो अभ्यासलाई गैरकानुनी घोषणा गर्न दबाब बढिरहेको छ ।

प्रतिबन्धका लागि आधिकारिक समर्थन राष्ट्रपति युन सुक येओलको नेतृत्वमा बढेको छ । उनी आफूलाई पशुप्रेमी दाबी गर्छन् । राष्ट्रपति युनले कुकुरको मासुको खपतको प्रमुख आलोचक प्रथम महिला किम केओन–हीसँग आवारा कुकुर र बिराला पालेका छन् ।

सत्तारुढ र प्रमुख विपक्षी दुवै दलले प्रस्ताव गरेको विधेयक दुईजनाको अनुपस्थितिका साथ २०८–० मतबाट निर्विरोध पारित भएको छ । उक्त विधेयक राष्ट्रपति युनबाट अन्तिम स्वीकृति प्राप्त गरेपछि तीन वर्षको छुट अवधिपछि लागू हुनेछ ।

कानुन अन्तर्गत मासुका लागि कुकुरको प्रजनन, बिक्री र काट्नेलाई तीन वर्षसम्मको कारागार वा तीन करोड वन (२३ हजार अमेरिकी डलर)जरिवाना लाग्नेछ ।

अब ‘कुकुर खाने देश’का रूपमा आलोचना गर्नुको कुनै औचित्य छैन,’ विधेयक प्रस्ताव गर्ने सत्तारुढ पिपुल्स पावर पार्टीका सांसद थाए योङ– होले भने, ‘सत्तारुढ, विपक्षी दलहरू तथा सरकारले अब पशु अधिकारको रक्षा गर्ने जिम्मेवारी लिनुपर्छ ।’

कार्यकर्ता र केही सांसद विधेयक पारित भएको खुसी मनाउन संसद भवनबाहिर एकत्रित भएका थिए र मानिसहरूले ‘कुकुरको मासुको उपभोगलाई अलबिदा’ र ‘कुकुरको मासुमुक्त कोरिया आउँदै छ’ भन्ने पोस्टर लहराउँदै खुसी मनाएका थिए ।

कार्यकर्ताले ‘इतिहास निर्माणमा रहेको’ भन्दै विधेयकको स्वागत गरेका छन् । ‘हामी निर्णायक विन्दुमा पुगेका छौँ, अधिकांश कोरियाली कुकुरको मासु खान अस्वीकार गर्नेछन् र यो पीडालाई इतिहासको किताबमा राखिएको हेर्न चाहन्छन्,’ ह्युमन सोसाइटी इन्टरनेसनल कोरियाका कार्यकारी निर्देशक जुङआह चाइले भने, ‘आज हाम्रा निर्माताहरूले यसलाई वास्तविकता बनाउन निर्णायक रूपले काम गर्नुभएको छ, यद्यपि मेरो हृदय लाखौँ कुकुरका लागि भाँचिएको छ जसका लागि यो परिवर्तन अत्यन्त ढिलो आएको छ, दक्षिण कोरियाले अब हाम्रो इतिहासमा यो दयनीय अध्यायलाई बन्द गर्न सक्छ र कुकुरको अनुकूल भविष्यलाई अपनाउन सक्छ भन्नेमा म अत्यन्त खुसी छु ।’
सोलस्थित थिंकट्यांक वेलफेय अवेरनेस, रिसर्च एन्ड एजुकेसनले सोमबार जारी गरेको सर्वेक्षणमा दक्षिण कोरियामा १० मध्ये नौजनाले भविष्यमा कुकुरको मासु नखाने बताएका छन् । एक्टिभिस्ट ग्रुप एनिमल लिबरेसन वेभले मंगलबारको मतदान विश्वस्तरमा अग्रणी निर्णय थियो, भन्दै यसबाट अन्य जनावरको अधिकारको रक्षाका लागि मार्गप्रशस्त भएको बताएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार