अफगानिस्तानविरुद्ध तीन खेलको टी ट्वान्टी सिरिजका लागि रोहित,विराट टोलीमा फर्किए

धनगढी– भारतीय क्रिकेट कन्ट्रोल बोर्डले अफगानिस्तानविरुद्ध तीन खेलको टी ट्वान्टी सिरिजका लागि भारतीय टोलीको घोषणा गरेको छ । टिममा विराट कोहली, रोहित शर्मा र सन्जु सामसनले स्थान बनाएका छन् ।

रोहित र विराट झण्डै १४ महिनापछि टी ट्वान्टी टिममा फर्किएका हुन् । रोहित शर्मालाई कप्तान बनाईएको छ । चोटका कारण हार्दिक पाण्डेया र सूर्यकुमार यादव सिरिज बाहिर छन् । मोहम्मद सिराज र जसप्रीत बुमराहलाई आराम दिईएको छ । भारतीय टिमले आगामी जुनमा टी ट्वान्टी विश्वकप समेत खेल्दैछ ।

Dengue

विश्वकप अघि भारतीय टिमको अन्तिम टी ट्वान्टी अन्तराष्ट्रिय सिरिज रहेको छ । अफगानिस्तानविरुद्धको टी ट्वान्टी सिरिज लगत्तै भारतले घरेलु मैदानमा इङ्ल्याण्डसँग ५ खेलको टी ट्वान्टी सिरिज खेल्नेछ । त्यसपछि इन्डियन प्रिमियर लिगमा खेलाडी ब्यस्त रहनेछन् । त्यसपछि विश्वकप क्रिकेट सुरु हुनेछ ।

रोहित र विराटको आगमनसँगै आसन्न विश्वकपमा दुवै खेलाडीले खेल्ने सम्भावना प्रवल बनेको छ । बाँकी खेलाडीको स्थान यस सिरिज र आईपीएलको प्रर्दशनको आधारमा तय हुन सक्नेछ । सिरिजको पहिलो खेल जनवरी ११ मा मोहालीमा हुनेछ । दोस्रो खेल इन्दोरमा जनवरी १ र तेस्रो खेल चिन्नास्वामी स्टेडियममा जनवरी १७ मा हुनेछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार