कोशीले आज सभामुख पाउँदै, राप्रपाका अम्बर उम्मेदवार, गठबन्धनसँगै एमालेले पनि सघाउने

धनगढी – कोशी प्रदेश सभाको सभामुखको निर्वाचनमा नेकपा एमालेले राप्रपालाई सहयोग गर्ने भएको छ । एमालेले उम्मेदवार नउठाउने र सभामुखमा राप्रपालाई सहयोग गर्ने एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए ।

आज बिहान बसेको नेकपा एमाले कोशी प्रदेश संसदीय दलको बैठकले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको प्रमुख सचेतक भण्डारीले जानकारी दिएका हुन् ।

Dengue

कोशी प्रदेशमा मंगलबार दिउँसो ३ बजे सभामुखका लागि निर्वाचन हुँदैछ । सभामुखमा झापाबाट निर्वाचित प्रदेश सभा सदस्य राप्रपाका अम्बरबहादुर विष्टलाई सभामुखको उम्मेदवार बनाउने तयारी छ ।

कोशी प्रदेशमा सत्ता गठबन्धन दलहरुले स्थायी सरकारको लागि राप्रपाको साथ खोजेकाले सभामुखमा राप्रपाकै उम्मेदवारलाई सहयोग गर्ने भएको स्रोतले जनाएको छ ।

राप्रपाले अन्तिम अवस्थामा मात्रै सभामुख लिन राजी भएको थियो । राप्रपा संसदीय दलका नेता भक्ति सिटौलाले सभामुख लिन नमानेपछि अम्बरबहादुर विष्टलाई पार्टीले उम्मेदवारको रुपमा अघि सारेको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार