इजरायली हमलामा मारिने प्यालेस्टिनीको संख्या २२ हजार नाघ्यो

गाजा– इजरायली हमलामा मारिने प्यालेस्टिनीको संख्या २२ हजार नाघेको छ । प्यालेस्टाइनी अतिवादी समुह हमासको अचानक हमलापछि जबाफी कारबाहीमा उत्रेको इजरायलको हमलामा परी ९० दिनमा २२ हजार बढी मारिएका हुन् ।

गाजाको स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अलकुद्राका अनुसार गत अक्टोबर ७ देखी यता गाजा पट्टीमा इजरायली आक्रमणमा कुल २२,४३८ प्यालेस्टाइनीको मृत्यु भएको छ ।

Dengue

उनका अनुसार सो इजरायली हमलामा परी अहिलेसम्म कम्तीमा ५७ हजार ६१४ जना घाइते भएका छन् भने यसरी मारिने र घाइते हुनेमा अधिकांश महिला र बालबालिका रहेका छन्।

विगत २४ घण्टामा करिब १२५ प्यालेस्टाइनीको मृत्यु भएको र ३१८ जना घाइते भएको मन्त्रालय अपडेट गराएको छ ।

गाजा सरकारका अनुसार करिब ७ हजार अन्य अझै बेपत्ता भएका छन् र उनीहरूको घरको भग्नावशेषमा पुरिएको अनुमान गरिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार