के ओली पाउलान् राष्ट्रियसभामा मागेजति सिट ? प्रधानमन्त्री प्रचण्ड तयार, माधव नेपाल तर्किए ।

काठमाडौं- नेकपा (एमाले) लाई पनि राष्ट्रियसभाको निर्वाचनमा समेट्नेगरि प्रधानमन्त्री पुष्पकमल दाहालले थालेको प्रयासले सार्थकता पाउने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री दाहालबीच राष्ट्रियसभामा सहकार्य गर्ने छलफल भएको थियो ।

आगामी माघ ११ गते १९ सिटको लागि हुने राष्ट्रियसभाको निर्वाचनमा एमालेलाई पनि साथमै लिएर जाने दाहालको प्रस्ताव थियो । उक्त प्रस्तावबारे सत्ता गठबन्धनमा पनि छलफल भएको थियो । खासगरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एमालेलाई पनि साथमै लिएर जाँदा राम्रो हुने पक्षमा छन् ।

Dengue

तर, माधव नेपाल र उपेन्द्र यादव भने रुष्ट बनेको चर्चा छ । मंगलबार प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच झण्डै एक घण्टा एक्लाएक्लै भेटवार्ता भएको थियो । सो भेटवार्तामा दुई नेताबीच वामपन्थी एकताबारे पनि छलफल भएको बताईएको छ । राष्ट्रियसभाको निर्वाचनमा एमालेले भने कम्तिमा पनि ६ सिट दिनुपर्ने माग गरेको छ । त्यसमा दाहालले आफू सकारात्मक रहेको जवाफ ओलीलाई दिएका छन् ।

दाहालले टिआरसी विद्येयक टुँगो लगाउनको लागि एमालेको साथ खोजेका छन् । यसअघि संसदीय समितिमा पनि एमालेलाई महत्वपूर्ण तीन समितिको सभापति दिएका थिए । यता, राष्ट्रियसभामा एमाले अध्यक्ष ओलीले भनेजति नै सिट दिन आफू तयार भएको कुरा प्रचण्डले पार्टीका नेताहरुलाई ब्रिफ गरेका छन् ।

तर, गठबन्धनको मुख्य घटक नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल भने दाहाल र ओलीको सहकार्यको प्रयासले असन्तुष्ट बनेका छन् । उनको दलका नेताहरुले ओलीको प्रस्ताव कुन ढंगले आएको हो भनेर बुझ्नुपर्ने टिप्पणी गरिरहेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार