युक्रेनी हमलामा १४ रुसी नागरिकको मृत्यु, १०८ जना घाइते

बेलगोरोड– युक्रेनको हमलामा १४ जना रुसी नागरिक मारिएका छन् । रुसी प्रान्तीय राजधानी बेलगोरोडको केन्द्रमा युक्रेनी आक्रमणमा परी दुई बालबालिकासहित कम्तीमा १४ जनाको मृत्यु भएको हो ।

सो हमलामा १०८ जना घाइते भएको रूसी आपतकालीन मन्त्रालयले जनाएको छ ।

Dengue

गभर्नर व्याचेस्लाभ ग्लाडकोभका अनुसार युक्रेनको सीमाबाट करिब ३० किलोमिटर ९१९ माइल० पर रहेको बेलगोरोडमा भएको सो आक्रमण आवासीय क्षेत्रमा भएको थियो । एक टेलिग्राम पोस्टमार्फत उनले सबै बासिन्दाहरूलाई साइरन बज्दा हवाई आक्रमणको आश्रयमा जान आग्रह गरेका थिए ।

बेलगोरोडले युक्रेनको लुहान्स्क, सुमी र खार्किभ क्षेत्रहरूसँग सीमा जोडेको छ । जसमध्ये शुक्रबार युक्रेनमा रूसी हवाई आक्रमणबाट प्रभावित भएका थिए । यो फेब्रुअरी २०२२ मा युद्ध सुरु भए देखिकै सबैभन्दा घातक आक्रमणहरू मध्ये एक थियो। ती आक्रमणहरूमा मर्नेहरूको संख्या बढेर ३९ पुगेको छ।

बेलगोरोड रूसको राजधानी मस्कोबाट करिब ६०० किमी टाढा छ । यो एक फ्रन्ट–लाइन क्षेत्र हो, जसले क्रेमलिनको सशस्त्र सेनालाई युक्रेनतर्फ आक्रमण गर्नको लागि महत्त्वपूर्ण आधारको रूपमा सेवा गरिरहेको छ।

मन्त्रालयले शुक्रबार बेलगोरोड क्षेत्रमा १३ युक्रेनी रकेटहरू ध्वस्त पारेको दाबी समेत गरेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार