बालकुमारी घटनाको छिटो र निष्पक्ष छानबिन गर्न प्रधानमन्त्री दाहालको निर्देशन

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार ललितपुरको बालकुमारीमा भएको भौतिक र मानवीय क्षतिका घटनाबारे गृह मन्त्रालयसहित सुरक्षामा खटिएका अधिकारीसँग ‘ब्रिफिङ’ लिएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई, नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवर, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल, ललितपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलगायतसँग घटनाबारे जानकारी लिएका हुन्।

SHIKHAR COOL TECH

प्रधानमन्त्री दाहाललाई उनीहरूले घटनाका सम्बन्धमा जानकारी गराउँदै उक्त घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन समितिसमेत गठन गरिएको बताएका थिए।

प्रधानमन्त्री दाहालले घटना दुःखद् भएको उल्लेख गर्दै छिटो र निष्पक्ष छानबिन गर्न निर्देशन दिएको प्रधानमन्त्री दाहालका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार