कोरियामा फेरी एक नेपालीको मृत्यु

धनगढी- इपीएसमार्फत रोजगारीका लागि दक्षिण कोरिया  गएका एक नेपालीको मृत्यु भएको छ।

झापा बुद्धशान्तिस्थित बुधबारे- ७  घर भई हाल दक्षिण कोरियामा कार्यरत पदम न्यौपानेको शुक्रबार मृत्यु भएको हाे  ।

बिहीबार राति काम सकेर सुतेका न्यौपाने शुक्रबार बिहान  ६ बजेसम्म पनि नउठेपछि कम्पनीमा सँगै काम गर्ने साथीले हेर्न जाँदा मृतावस्थामा फेला परेका थिए। लगत्तै उनीहरूले कोरियाको प्रहरीलाई खबर गरेका थिए।

घटनाको आवश्यक छानबिन ‍भइरहेको छ। यो सँगै दक्षिण कोरियामा एक साताभित्रमा मृत्यु हुने नेपालीको संख्या ६ पुगेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार