कुशल मल्ललाई संस्कृति स्पोर्टस् सम्मान

काठमाडौँ- संस्कृति इन्टरनेशनल स्कुलले संस्कृति स्पोर्टस् सम्मान २०२३ नेसनल क्रिकेट आइकन कुशल मल्ललाई प्रदान गरेको छ । खेलकुद विधामा उत्कृष्ट प्रदर्शन गर्ने प्रतिभाशाली खेलाडीहरुलाई प्रोत्साहन प्रदान गर्ने उद्देश्यले २०२२ मा स्थापना गरिएको यो अवार्ड हरेक वर्ष एक उत्कृष्ट खेलाडीलाई प्रदान गरिन्छ ।

मल्ल एसियन गेम २०२३ को उद्घाटन खेलमा मंगोलियाविरुद्ध टी–२० इन्टरनेशनल क्रिकेटमा ३४ बल खेल्दै विश्व कीर्तिमानी शतक बनाउने पहिलो खेलाडी बन्न सफल भएका थिए ।

Dengue

कुशल मल्ललाई उक्त अवार्ड स्कुलका चेयरपर्सन रञ्जित आचार्य र डाइरेक्टर दिप्ती आचार्यको उपस्थितिमा कार्यक्रमका प्रमुख अतिथि एवम् नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले हस्तान्तरण गरेका थिए । अवार्डका साथै मल्ललाई १ लाख १ हजार रुपैयाँको चेक पनि प्रदान गरिएको छ ।

त्यसैगरी सोही कार्यक्रममा सोनी पाख्रिनलाई ५० हजार बराबरको ट्रेनिङ स्कलरशीप पनि प्रदान गरिएको छ । यो स्कलरशीप व्यावसायिक तालिम लिन नसक्ने देशभरका १९ वर्षमुनिका खेलाडीहरूमध्ये १ जना योग्य क्रिकेटरलाई प्रदान गरिन्छ । सोनी पाख्रिन हाल महिला राष्ट्रिय क्रिकेट टिममा आवद्ध छिन् । प्रशिक्षण पारस खड्काद्वारा सञ्चालित क्रिकेट एक्सिलेन्स सेन्टरमार्फत प्रदान गरिन्छ ।

स्कुलका चेयरपर्सन रञ्जित आचार्यले भने, ‘संस्कृति सदैव आफ्ना विद्यार्थीहरुको समग्र विकासमा ध्यान दिँदै सामाजिक विकासमा पनि योगदान गर्न प्रतिबद्ध रहेको छ । वार्षिकरुपमा प्रदान गरिने यस संस्कृति स्पोर्टस् सम्मानमार्फत हामीले राष्ट्रिय प्रतिभाहरुलाई सम्मान गर्दै आफ्ना विद्यार्थीहरुमा सामाजिक उत्तरदायित्वको बोध गराउने लक्ष्य राखेका छौं । कुशल मल्ल र सोनी पाख्रिनलाई हार्दिक बधाई एवम् उज्ज्वल भविष्यको लागि हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छौं ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार