भूकम्पपीडितका लागि काँग्रेसले बनायो ९३८ अस्थायी आवास

जाजरकोट- जाजरकोट भूकम्पबाट पीडितहरूका लागि नेपाली काँग्रेसले ९३८ वटा अस्थायी आवास निर्माण गरेको छ। 

महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्मा संयोजकत्वको भूकम्प प्रभावित क्षेत्र केन्द्रीय अनुगमन तथा सहजीकरण समितिले बिहीबार पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा हालसम्म जाजरकोट र रुकुमपश्चिममा ९३८ वटा अस्थायी आवास निर्माण भइसकेको जानकारी गराएको हो। 

Dengue

बैठकमा समितिका तर्फबाट सहमहामन्त्री जीवन परियारले अस्थायी आवास निर्माणको प्रगतिका विषयमा जानकारी गराएका थिए।समितिका तर्फबाट महामन्त्रीद्धय थापा र शर्माले जाजरकोट र रुकुमपश्चिमको स्थलगत अवलोकन गरेपछि पार्टीका तर्फबाट एक हजार अस्थायी आवास निर्माण गर्ने घोषणा गरेका थिए भने अस्थायी आवास निर्माणका लागि सरकारलाई तत्काल अनुदानको व्यवस्था गर्न सुझाव दिएका थिए। 

त्यसपछि सरकारले भूकम्पप्रभावितका लागि प्रतिपरिवार ५० हजार रुपैयाँका दरले अस्थायी आवास बनाउन अनुदान दिने व्यवस्था गर्‍यो। तर अहिलेसम्म पनि भूकम्पपीडितहरूले त्यस्तो अनुदान रकम पाउन सकिरहेका छैनन्। 

‘पार्टीका केन्द्र, प्रदेश र जिल्लाका नेता, भ्रातृ संस्था तथा स्वयम्सेवकहरू परिचालन गरेर अहिलेसम्म ९३८ वटा अस्थायी आवास बनाइएको छ, यीमध्ये कतिपय सम्पूणर्रुपमा हामीले संयोजन गरेर, लगानी जुटाएर गरिएको छ भने कतिपय ठाउँमा पीडितहरूकै खर्चमा जनशक्ति सहयोग गरेर बनाइएको छ,’ बैठकमा सहमहामन्त्री परियारले भनेका थिए। 

बैठकमा गराइएको जानकारी अनुसार काँग्रेसले जाजरकोटमा ४९० र रुकुमपश्चिममा ४४८ वटा अस्थायी आवास बनाएको छ। अहिले पनि अस्थायी आवास निर्माणको क्रम चलिरहेका बेला पूर्वघोषणाबमोजिम एक हजार अस्थायी आवास निर्माणको लक्ष्य छिट्टै पूरा हुने नेताहरूले जनाएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार