बाजुरामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

बाजुरा -बाजुरामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

गएराति साढे १२ बजे बाजुराको गौमुल गाउँपालिका-६ घटमुनामा से १ ज ९८९ नम्बरको बोलेरो जिप सडकबाट ६० र ७० मिटर तल खसेर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका इन्स्पेक्टर किशोरसिंह ऐरीले जानकारी दिए।

Seti Hospital

मृत्यु हुनेमा खप्तड छेडेदह गाउँपालिका ६ घर भएका जीप धनी अन्दाजी ३८ वर्षीय देवेन्द्र नाथ छन्। उनको घटनास्थलमै मृत्यु भएको हो।

जिपमा दुई जना मात्रै सवार थिए। दुर्घटनामा परी जिपमा सवार जय मालिका यातायात प्रालिका ‘काउन्टर प्रमुख’ मदन रोकाया घाइते भएका छन्।

उनको अहिले स्थानीय अस्पतालमा उपचार भइरहेको इन्स्पेक्टर ऐरीले जानकारी दिए।कच्ची बाटो र घुम्ति सडक भएकाले गाडी अनियन्त्रित भएकाले जिप दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ।

दुर्घटनबारे थप अनुसन्धान भइरहेको इन्स्पेक्टर ऐरीले जानकारी दिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार