काठमाडौं – नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक आज पनि जारी रहनेछ ।
गत बुधबार देखि सुरु भएको केन्द्रीय समिति बैठकमा ४० जनाले विधान संशोधन र उमेर हद ७० राख्नेका कि नराख्ने भन्नेलगायतका बिषयमा आ आफनो धारणा राखिसकेका छन । केन्द्रीय सदस्यले धारणा राख्ने क्रम आज पनि जारी रहनेछ ।
विद्यानलगायत अन्य प्रस्तावहरू माथि छलफल गर्नका लागि ११ वटा प्रश्नावली बनाईएको र प्रत्येक सदस्यलाई सो बिषयहरु माथि टिप्पणी गर्नका लागि ३–३ मिनेटको समय छुट्टयाईएको छ ।
आजको बैठक पनि बिहान ११ बजे देखि सुरु हुने जनाईएको छ । आजको बैठकमा बाँकी केन्द्रीय सदस्यहरूले आ आफनो धारणा राख्नेछन् ।
प्रतिक्रिया दिनुहोस्