ठेक्का लिएर काम नगर्ने ४ वटा निर्माण कम्पनी कालो सूचीमा

धनगढी– सरकारले ४ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले एउटा भारतीयसहित ४ कम्पनीलाई कालो सूचीमा राखेको हो।

विभिन्न आयोजनाको ठेक्का लिएर काम नगर्ने निर्माण कम्पनीहरूलाई २ देखि ३ वर्षसम्मका लागि कालो सूचीमा राखिएको हो।

Dengue

काली सूचीमा पर्नेमध्ये ३ वटा निर्माण कम्पनीद्ये पुष्पलाल (मध्यपहाडी) लोकमार्ग अलपत्र पारेको जनाइएको छ। मध्यपहाडी लोकमार्ग अलपत्र पारेको भन्दै सुर्खेतको एमपीरएससीएफरईसीसी जेभीअन्तर्गतका ठेकेदार कम्पनीहरु भारतको पश्चिम बंगालको एमपी सितानी एन्ड सन्स, सुर्खेतकै सूर्य कन्स्ट्रक्सन फर्म प्रालि, काठमाडौं सुकेधारस्थित एलिट कन्स्ट्रक्सनलाई ३ वर्षका लागि कालो सूचीमा राखिएको छ।
यस्तै, पोखरा महानगरपालिकाको सिफारिसमा मोरङको विराटनगरस्थित भूमि इन्फ्रास्ट्रक्चर प्रालिलाई २ वर्षका लागि कालो सूचीमा राखिएको छ।

ती निर्माण कम्पनीहरूले विभिन्न आयोजनाको ठेक्का लिएर पटक-पटक म्याद थप हुँदासमेत काम नगरेपछि कालो सूचीमा राखिएको जनाइएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार