राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको राख्दैछु : हर्क साम्पाङ

धरान – धरानका मेयर हर्क साम्पाङले कार्यालयबाट राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाउने बताएका छन् । सामाजिक सञ्जालमार्फत साम्पाङले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री प्रचण्डको फोटो हटाएर बिहीबारदेखि प्रथम किराँती राजा यलम्बरको फोटो राख्ने बताएका हुन् ।
‘भोलि म राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको फोटो राख्दैछु, उनले भनेका छन्, ‘जुन दिन केन्द्रले धरानलाई महत्व दिन्छ त्यो दिन पुनः उनीहरुको फोटो टाँस्नेछु ।’
स्वतन्त्रबाट निर्वाचित उनले घरान उपमहानगरपालिकालाई केन्द्र सरकारले महत्व नदिएको बताउँदै आएका छन् । आजै उनले धरान नेपालभित्रै पर्ने भन्दै प्रधानमन्त्रीलाई कटाक्ष गरेका थिए ।

SHIKHAR COOL TECH

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार