मुक्तिनाथ विकास बैंकले पेश गर्यो स्पष्टीकरण, सेयर कारोबार फुकुवा

धनगढी- नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मुक्तिनाथ विकास बैंक लिमिटेडको सेयर कारोबार बुधबारदेखि फुकुवा गरेको छ । बैंकले कारोबार समयमा (ट्रेडिङ आवर) धितोपत्र मूल्यमा प्रभाव पार्ने संवेदनशील निर्णय गरेको भन्दै नेप्सेले सेयर कारोबार रोक्का गरेको थियो ।

कारोबार रोक्का गर्दै नेप्सेले ३ दिनभित्रमा स्पष्टीकरण पेश गर्नसमेत कम्पनीलाई निर्देशन दिएको थियो । यस बैंकले कारोबार समयमा बैठक सञ्चालन मनसायपूर्व रुपमा नभई संयोगमात्र पर्न गएको र लाभांशको विषय साढे ४ बजे मात्र बैठकमा छलफल भएको स्पष्टीकरण पेश गर्दै आगामी दिनमा गल्ती नदोहोर्याउने प्रतिबद्धतापछि सेयर कारोबार खुला गरिएको नेप्सेले जानकारी गराएको छ । 

Dengue

कम्पनीले पुस ५ गते (बिहीबार) दिउँसो साढे २ बजे सञ्चालक समितिको बैठक बसेर गत आर्थिक वर्षको नाफाबाट १०.२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको थियो । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार