धनगढी – जल तथा मौसम विज्ञान विभागले देशमा हाल उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ ।
अहिले कोशी, बागमती ,गण्डकी र पश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
यस्तै, आज दिउँसो र राति पनि कोशी, बागमती गण्डकी र पश्चिमका केही भूभागमा आंशिक बदली रही बाँकी भागको मौसम सफा रहने विभागले जनाएको छ ।
देशभरिको तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक उपाय अपनाउन विभागले सबैमा अनुरोध गरेको छ ।
तापक्रम घटेकाले धनगढीमा दिउँसो घाम लागे पनि बिहान र बेलुका बढी जाडो महसुस गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्