सात दिनभित्र हाजिर नभए २१ प्रहरीलाई सेवाबाट हटाइने (सूचीसहित)

धनगढी – काठमाडौं प्रहरी प्रधान कार्यालयले आफूखुसी गैरहाजिर रहेका २१ प्रहरीलाई एक साताभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ ।
प्रहरी महानिरीक्षकको कार्यालयले बुधबार सूचना जारी गर्दै एकजना प्रहरी वरिष्ठ हवलदार, पाँचजना प्रहरी सहायक हवलदार, १३ जना प्रहरी जवान र दुईजना प्रहरी कार्यालय सहयोगी एक महिनाभन्दा बढी समयदेखि आफूखुसी गैरहाजिर रहेकाले उनीहरूलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको हो ।

उनीहरूको खोजतलास गर्दा पनि सम्पर्कमा नआएकाले प्रहरी प्रधान कार्यालयले सात दिनभित्र स्पष्टिकरणसहित सम्पर्कमा आउन निर्देशन दिइएको सूचनामा उल्लेख गरिएको छ ।

Dengue

सात दिनभित्र पनि सम्पर्कमा नआए प्रहरी नियमावलीका अनुसार उनीहरूलाई सेवाबाट हटाइने पनि प्रहरी प्रधान कार्यालयले चेतावनी दिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार