प्याराग्लाइडिङ व्यवसायीबिच विवाद हुँदा उडान ठप्प

पोखरा- पोखराको आकाशमा १३ दिनदेखि प्याराग्लाइडिङ देखिएका छैनन् । पछिल्लो क्रममा दैनिक सरदर डेढ सय उडान हुने गरेका थिए । प्याराग्लाइडिङ व्यवसायीबिच विवाद हुँदा उडान ठप्प भएको हो ।

नेपाल हवाई खेलकुद संस्था (ना) पोखराले मङ्सिर २७ गते कम्पनीहरूले आफैँ उडाउन पाउने र दर पनि आफ्नै हिसाबले तोक्न पाउने निर्णय गरेको थियो । त्यसयता पाइलटले प्याराग्लाइडिङ उडाएका छैनन् । कम्पनीबिच असमझदारी भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले समेत समझदारी नगरी उडान नगर्न पत्राचार गरेको छ ।

dashain shuvakamana
Discovery School

यसअघि एकद्वार प्रणालीबाट बुकिङ र उडान भइरहेकोमा २१ कम्पनीले त्यसलाई खुला गर्न निवेदन दिएका थिए । बाँकी कम्पनी एकद्वार प्रणालीमा उडान गर्नुपर्ने पक्षमा हुँदा उडान रोकिएको हो । पोखरामा ५२ प्याराग्लाइडिङ कम्पनीले काम गरिरहेका छन् । ती कम्पनीमा एक अर्ब रुपियाँ हाराहारी लगानी छ । प्यारापाइलटको संस्था नेपाल प्याराग्लाइडिङ पाइलट क्लबका अध्यक्ष दीपक थापाले कम्पनीहरूको निर्णयभन्दा पनि आफूहरूको मुख्य सरोकार पाइलटको सेवा, सुविधामा भएको दाबी गर्नुभयो । पोखरामा अहिले प्याराग्लाइडिङका लागि १२ हजार रुपियाँ शुल्क तिर्नु पर्छ ।

खुल्ला प्रणालीमा बुकिङ र उडान भएपछि आफूहरूको पारिश्रमिक घट्न सक्ने पाइलटको चिन्ता छ । थापा भन्नुहुन्छ, “हाम्रो पारिश्रमिक सुनिश्चित हुनु प-यो । पाइरहेको भन्दा कम हुनुभएन ।” उहाँको प्याराग्लाइडिङ कम्पनीहरूको द्वन्द्वको मारमा परेको गुनासो छ । अहिले पोखरामा २५८ प्यारापाइलटले काम गरिरहेका छन् ।

नेपाल हवाई खेलकुद संस्था (ना) पोखराले व्यवसायीबिच निरन्तर संवाद भइरहेको जनाउँदै चाँडै सहमति बन्ने जनाएको छ । समस्या सुल्झ्याउन बुधबार ना पोखराको टोली काठमाडौँ जाँदै छ । ना कास्की अध्यक्ष सुनीलबहादुर भट्टराईले नेपाल नागरिक उड्डयन प्राधिकरण र व्यवसायीबिच छलफल गरी समाधान खोजिने बताउनुभयो ।

एउटा प्याराग्लाइडिङ उडान शुल्कको १२ हजारमध्ये छ हजार कम्पनी र छ हजार पाइलटले पाउँदै आएका थिए । उडान भर्ने ग्राहक पाएको अवस्थामा दिनमा दुई पटकसम्म एक पाइलटले उडान भर्न सक्छन् । पाइलटले आपूmले उडाउने ग्लाइडर आफैँ व्यवस्था गर्ने गरेका छन् । यसको शुल्क १० लाखसम्म पर्छ । प्यारापाइलट बन्न दुईदेखि तीन वर्ष तालिम र अन्य लगानी गरी २५ लाखसम्म खर्च हुने जानकार बताउँछन् ।

प्याराग्लाइडिङ कम्पनीहरूले पाउने छ हजारबाट सञ्चालन खर्च, गाडी र आवश्यक सामान लेकसाइडबाट सराङकोट पु-याउनेसहितका खर्च बेहोर्ने गरिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार