सहनीको मृत्यु शंकास्पद भन्दै परिवारले शव बुझ्न मानेन

धनगढी -दश महिनाअघि कारागार चलान भएका विराटनगर महानगरपालिका– १० का चण्डेश्वर सहनी सोमबार कारागारबाट छुट्दै थिए । उनका छोराछोरी बुबालाई लिन बिहान साढे ९ बजे कारागार जाने तयारीमा थिए ।

बुबा आउने भएपछि छोरी पूजासहित परिवारका सदस्य खुसी थिए । तर सोमबार बिहानै सहनीको मृत्युको खबर घरमा पुग्यो । छोरी पूजा दौडिएर कोशी अस्पताल गइन् । अस्पतालको शव गृहमा लास राखिएको थियो । सुरुमा प्रहरीले हेर्न दिएनन्, रोइ कराइ गरेपछि बल्ल मुख हेर्न दिए ।

dashain shuvakamana
Discovery School

मंगलबार दिउँसो अस्पतालमा भेटिएकी पूजाले भनिन्, ‘बिरामी भएको र अस्पताल ल्याएको पनि जानकारी दिएनन्, हामीलाई लास मात्रै देखाए ।’सहनीको मृत्यु शंकास्पद भन्दै परिवारले शव बुझ्न मानेको छैन । मंगलबार कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की कोशी अस्पतालमा आफन्त बिरामी हेर्न जाँदा बाटोमा रोकेर पूजाले न्यायका लागि हारगुहार गरिन् । बुबालाई मारिएको शंका गर्दै छानबिन गरिदिन आग्रह गरिन् । पूजाको रोइकराई सुनेपछि मुख्यमन्त्री म हेर्छु भन्दै फर्किए ।
घटनाको निष्पक्ष छानबिन र दोषीलाई कारवाही गरेपछि मात्रै बुबाको शव बुझ्ने उनको अडान छ । ‘बुबालाई तीन दिनदेखि अस्पतालमा हुँदा जानकारी दिएनन्’, उनले भनिन्, ‘घरको चारवटा नम्बर राखेको थियो, तर मृत्युपछि मात्रै फोन गरे ।’

जिल्ला कारागार मोरङका निमित्त जेलर कृष्णहरि न्यौपानेले अस्पताल लगेपछि परिवारलाई जानकारी गराउन नसक्नु कमजोरी भएको बताए । मृतकले परिवारका सदस्यको भनेर दिएको नम्बर गलत परेका कारण समयमा नै जानकारी गराउन नसकेको उनको भनाइ छ ।
‘श्वासप्रश्वासमा समस्या देखिएपछि हामीले उहाँलाई अस्पताल लगेका थियौं, आफन्तलाई जानकारी गराउन खोज्दा उहाँले (मृतकले) दिएको नम्बरमा फोन लागेन ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार