स्वास्थ्यका लागि दौडनु राम्रो कि हिँड्नु ?

धनगढी– शरीरलाई फिट राख्नका लागि सबैभन्दा आवश्यक कुरा व्यायाम, राम्रो जीवनशैली तथा सन्तुलित डाइट नै हो । राम्रो जीवनशैली र डाइट मेनटेन गर्नाले शरीर निरोगी हुन्छ ।

शारीरिक रुपमा तन्दुरुस्त रहनका लागि व्यायाम आवश्यक हुन्छ । सबैभन्दा सजिलो व्यायाम गर्ने तरिका भनेको हिँड्नु अथवा दौडनु हो ।
धेरै मानिस दौडन मन पराउँछन् भने कतिपय मानिस हिँड्नसमेत मन पराउँछन् । यी दुबैमध्ये कुन सबैभन्दा राम्रो हो ? भन्ने कुरा सबैको चासोको विषय हो ।

Dengue

स्वास्थ्यमा निर्भर

हिँड्नु र दौडनु दुबै हाम्रो स्वास्थ्यमा निर्भर हुन्छ । यी दुवै गतिविधि राम्रो मानिन्छ । हिँड्नु र दौडनुमध्ये कुन चाहिँ राम्रो हो भन्ने कुरा हाम्रो स्वास्थ्यमा निर्भर हुने कुरा हो । यदि हामी आफ्नो वजन घटाउन चाहन्छौं भने दौडनु ठिकमात्र होइन, फाइदाजनक पनि हुन्छ । तर, यदि हामी फिट रहन चाहन्छौं भने हिँड्नु नै उचित हुन्छ । एउटा हेल्थ रिपोर्टका अनुसार तिव्रताका साथ हिँड्नाले हाई कोलेस्ट्रल, हाई ब्लड प्रेशर र डाइबिटीजको खतरा कम हुन्छ । यसबाहेक पेटसंग सम्बन्धि रोग जस्तै कब्जियतमा पनि राहत प्राप्त हुन्छ ।

किन हिड्नु पर्छ ?
एउटा रिपोर्ट अुनुसार हिड्नाले मुटुसंग सम्बन्धित रोगको खतरा कम हुन्छ । यसबाहेक हिडनाले स्ट्रेस लेवल कम हुन्छ र तनाव टाढा हुन्छ । हिड्दा हामीले ताजा महसुस गर्न सक्छौं । पेटको बोसो कम गर्नका लागि पनि हिड्नु नै राम्रो उपाय हो ।

किन दौडने ?
यदि हामी दिनभरी बसेर काम गर्छौं भने हामी जस्ता व्यक्तिले दौडनु पर्छ । लगातार बसिरहँदा पेटको बोसो बढ्छ । पेटको बोसो कम गर्नका लागि दिनहुँ बिहान दौड्नु आवश्यक छ । मोटोपन कम गर्नका लागि सबैभन्दा सजिलो तरिका दौडनु हो । दौडनाले क्यालोरी बर्न हुन्छ, जसले वजन कम हुन्छ । दौडदा खुट्टाको मांसपेशि बलियो हुन्छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार