अर्थतन्त्रमा उत्साह जनक वातावरण बन्दै :अर्थमन्त्री डा.महत

धनगढी- अर्थमन्त्री डा. प्रकाश शरण महतले अर्थतन्त्रमा उत्साह जनक वातावरण बन्दै गएको बताउनुभएको छ । भरतपुर विमान स्थलमा मङ्गलवार पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री डा. महतले अर्थतन्त्रमा देखिएको अहिलेको उत्साह जनक वातावरणलाई निजी क्षेत्र र नागरिक समाजले अव सकारात्मक सन्देश दिनुपर्ने धारणा राख्नुभयो ।  

“सकारात्मक तरिकाले देशको अर्थतन्त्र अगाडी बढेको छ । निर्धक्क भएर लगानीको वातावरण बनाउन सकिन्छ भन्ने कुराको सन्देश अव निजी क्षेत्र र नागरिक समाजले भन्नुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो, “अर्थतन्त्रमा धेरै समस्याहरू थियो । अहिले त्यो सबै समस्याहरू समाधान हुँदै गइरहेको छ ।”  अहिले देशको अर्थतन्त्र सुधारको गतिमा रहेकाले नै लगानीको वातावरण तयार हुँदै गएको उहाँको दाबी छ । 

Dengue

“अर्थतन्त्रले सुधारको लय पक्रँदै छ”, उहाँले थप्नुभयो, “ बिस्तारै घर जग्गाको कारोबार पनि सुधारिँदै छ । समग्रमा विदेशी रेमिटेन्स बढेकै छ । टुरिजम अहिले सम्मकै बढी आएका छन्। यी सबै घटनाक्रमले अहिले देशको अर्थतन्त्र लयमा फर्किएको छ ।“ 

उहाँले विगतमा मौद्रिक नीति र वित्त नीतिमा देखिएको कमजोरीले देशमा आर्थिक समस्या भएको जनाउँदै अहिले त्यसमा सुधार आएको पनि जनाउनुभयो । 

“अहिले लगानीका लागि आर्थिक समस्या हुने अवस्था छैन । मात्रै विश्वासको वातावरण बनाउन सकिए अहिले जनस्तरबाटै आर्थिक चलायमान गराउन सकिने छ”, उहाँले भन्नुभयो । बैक तथा वित्तीय सस्ताहरूले क्रमशः ब्याजदर घटाउँदै लगेको अवस्थाले पनि अव लगानीको सुनिश्चित बढाउने विश्वास गर्न सकिन्छ ।”

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार