सुदूरपश्चिमा हुने लगानी सम्मेलनको विषयमा यसरी हुदैंछ छलफल, सबै पुगे काठमाडौं (फोटो फिचर)

धनगढी -सुदूरपश्चिम प्रदेश सरकारले लगानी सम्मेलनको विषयमा काठमाडौँका पर्यटन व्यवसायीसँग छलफल गरेको छ।
आगामी फागुन २३ र २४ गते सुदूरपश्चिम प्रदेश सरकारले लगानी सम्मेलन गर्दै छ। सुदूरपश्चिमको पर्यटकीय सम्भावना, पूर्वाधार विकास र लगानीको सम्भावना बारेमा प्रदेश सरकारले छलफल गरेको हो।

ऐतिहासिक, पुरातात्विक, धार्मिक, एवम् प्राकृतिक महत्वका स्थलले भरिपूर्ण सुदूरपश्चिम प्रदेशमा धार्मिक पर्यटनको प्रचुर सम्भावना छ।प्रदेश सरकारले लगानी तथा विकास सम्मेलन आयोजना गरी पर्यटन र पूर्वाधार विकासको लागि लगानी भित्राउने उदेश्य राखेको छ।सुदूरपश्चिममा कृषि र औद्योगिक क्षेत्रमा लगानी भित्र्याउने उद्देश्यले सम्मेलनको आयोजना गर्न लागिएको आर्थिक मामिलामन्त्री नरेशकुमार शाही बताउँछन।

Dengue

सम्मेलन आयोजना गर्न मुख्यमन्त्री कमलबहादुर शाहको संयोजकत्वमा आयोजक मूल समिति गठन गरिएको छ। मूल समितिमा संघीय सांसद, प्रदेशका मन्त्रीहरू, प्रदेश सभाका सभामुख, उपसभामुख, प्रदेश सभा सदस्य लगायत छन्।सम्मेलन आयोजनाका लागि अन्य तीनवटा समिति पनि गठन गरिएका छन्। प्रतिनिधिसभा सदस्य आरजु राणा संयोजक रहेको सल्लाहकार समिति, प्रदेश मन्त्री प्रकाश देउवा संयोजक रहेको निर्देशक समिति र आर्थिक मामिलामन्त्री नरेशकुमार शाही संयोजक रहेको कार्यकारी समितिसमेत गठन गरिएको छ।

आवश्यकता अनुसार थप समिति र उपसमितिहरूसमेत गठन गरिने मन्त्री शाहीले बताए।सरकारले आधार पत्र तयार गरेर सम्मेलनमा देश र विदेशमा रहेका लगानीकर्ताहरूलाई सहभागी गराउने र लगानी प्रतिवद्धता लिने निर्णय गरिएको मन्त्री शाहीको भनाई छ।लगानी प्रवद्र्धन तथा विकाससम्बन्धी अन्य आवश्यक कार्य तथा नीतिगत व्यवस्थाका सम्बन्धमा कार्यकारी समितिले आवश्यक निर्णय गर्ने उनले बताए।

यी हुन् सुदूरपश्चिमका महत्त्वपूर्ण स्थल
सुदूरपश्चिम प्रदेशमा धार्मिक रुपले महत्वपूर्ण मानिएका ऐतिहासिक स्थलहरु छन्। यो प्रदेशमा सातदेवी बहिनीको सञ्जाल छ भने व्यास, परशुराम, खप्तड बाबाले तपस्या गरेका पवित्र धाम, कैलाश मानसारोवर जाने मुख्य द्वार लगायतका स्थल र प्रख्यात मठ–मन्दिरहरु छन्। अतिथि देबो भवःप्रदेश वासीको मूल मन्त्र नै हो। प्रदेशका अधिकांश धार्मिक स्थल उच्च पहाडी भेगमा रहेकाले तिर्थयात्रासँगै पदयात्रा तथा पर्वतारोहणको पनि सम्भावना छ। यस्ता उद्देश्यले भ्रमण गर्ने पर्यटकहरुलाई पनि प्रदेशले सँगसँगै आकर्षण गर्नसक्ने देखिन्छ।

सुदूरपश्चिम प्रदेश प्रर्यटनको प्रचुर सम्भावना हुँदाहुँदै पनि आवश्यक पर्यटकीय पूर्वाधारको कमी, सडक सञ्जालको अभाव एवं प्रचार प्रसार नहुँदा यस प्रदेशको पर्यटन क्षेत्रको विकासले सोचेजति गति भने लिनसकेको छैन। यस प्रदेशलाई पर्यटकीय ‘हब’को रुपमा स्थापित गरी प्रदेशको महत्वपूर्ण पाटो धार्मिक पर्यटनको विकास गर्न सके समग्र प्रदेशलाई समृद्ध बनाउन सकिने अथाह सम्भावना रहेको छ।तर, पर्यटकीय पूर्वाधारको कमी, सडक सञ्जालको अभाव र प्रचार प्रसार नहुँदा यस प्रदेशको पर्यटन क्षेत्रको विकास हुन सकेको छैन।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार