प्रधानमन्त्री दाहालले आज राष्ट्रको नाममा सम्बोधन गर्दै

धनगढी -कार्यकाल एक वर्ष पुरा भएको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री दाहालले निर्धारित समय भन्दा २ घण्टा ढिलो सम्बोधन गर्न लागेका हुन् । यसअघि दिउँसो ३ बजे निर्धारित कार्यक्रम साँझ ५ बजेका लागि सारिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

सम्बोधन, सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयबाट हुने छ । भ्रष्टाचार नियन्त्रण, सुशासन तथा सामाजिक न्यायको प्रत्याभूति र मुलुकको आर्थिक अवस्था सुदृढ बनाउन सरकारले गरेका प्रयासबारे सम्बोधनमा समेटिने बताइएको छ ।
सम्बोधनमा प्रधानमन्त्रीले एक वर्षको अवधिमा सरकारले गरेका राम्रा काम र आगामी कदमबारे जानकारी गराउने आचार्यले बताए ।
२०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त भएका दाहालले सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राखी कार्यसम्पादन गरिरहेको दाबी गर्दै आएका छन् । यद्यपी यसको असर भने सर्वसाधारणले अनुभूत गर्न पाएका छैनन् ।

Dengue

सरकारले तथ्यांकमा आर्थिक परिसूचक सकारात्मक देखाए पनि आम नागरिकको जीवन भने असहज बन्दै गएको देखिन्छ । नागरिकमा देखिएको निराशा पछिल्लो समय समग्र व्यवस्थाप्रति नै सोझिन थालेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार