आफूले गल्ती गरेको भए हतकडी लगाउन गृहमन्त्रीलाई रविको चुनौती

Call24News

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ सुन तस्करीमा संलग्न आफ्ना मानिसलाई जोगाउन लागिपरेको आरोप लगाएका छन्।

नारायणघाट–बुटवल सडक खण्डमा पदयात्रामा निस्कनु अघि सोमबार बिहान पत्रकार सम्मेलन गर्दै लामिछानेले गृहमन्त्री श्रेष्ठमाथि सुन तस्करी ढाकछोप गर्न लागेको आरोप लगाएका हुन्। उनले आफूलाई गृहमन्त्री बन्न लागेको हल्ला चलाएको भन्दै त्यो दौड ९रेस० मा नरहेको पनि बताए।

Dengue

‘अहिले पनि उहाँहरूलाई के लाग्यो भने, सरकार फेरबदल हुन लागेको छ। योचाहिँ गृहमन्त्री हुन जान लाग्यो कि क्या हो, यसलाई त ठेल्नुपर्छ कि के होरु यसलाई थुन्नुपर्छ कि के होरु भन्ने सोच उहाँहरूलाई भएको होला। तपाईंको सरकार तपाईंलाई मुवारक१ म त्यो रेसमा पनि छैन। यो गठबन्धनको रेसमा पनि छैन। मलाई त्यसमा कुनै चासो छैन। गृहमन्त्रीज्यू, तपाईं सम्हाल्नुहोस्। अहिले मात्र होइन बाँचुञ्जेल गृहमन्त्री खानुस्। भलै चुनाव लडे पनि जित्नुपरेन। सबैभन्दा बढी मत ल्याएको सांसद म भन्न चाहन्छु–जोगाउनुहोला आफ्ना मानिसलाई।’

अध्यागमन विभागका महानिर्देशक झलकाराम अधिकारीलाई मन्त्रालय तानेर गृहमन्त्री श्रेष्ठले जोगाउन लागिपरेको लामिछानेको भनाइ छ। अधिकारीको अभियुक्त दावा छिरिङसँग बारम्बार म्यासेज आदन–प्रदान भएको प्रमाण लगेर दिँदा पनि कारबाही नभएको लामिछानेले बताए।

६१ किलो सुन प्रकरणमा गृहमन्त्रीको सचिवालय र अधिकारीबीच पनि सम्बन्ध रहेको लामिछानेको दाबी छ।

जीवन चलाउने भन्ने मानिस को हो भनेर एक पटक सोध्नुहोला। झलकरामजीसँगको उहाँको सम्बन्ध के होरु गृहमन्त्रीसँगको सम्बन्ध के होरु गृहमन्त्रीको वरिपरि भएका मानिससँगको सम्बन्ध के हो भनेर सोध्नुहोला। मैले यो भन्नैपर्ने भयो,’ लामिछानेले भने।

राष्ट्रिय परिचयपत्र छपाइ विदेशी कम्पनीलाई दिएकोबारे मन्त्रालयले बनाएको छानबिन समितिमा आफूले बयान दिए पनि त्यसको प्रतिवेदन सार्वजनिक नगरिएको उनको भनाइ छ।

उनले आफूले गल्ती गरेको भए हतकडी लगाउन गृहमन्त्रीलाई चुनौती दिएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार