धनगढी – काभ्रेको पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले एक माविका प्रधानाध्यापक र शिक्षकलाई छात्रामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीको जिम्मा लगाएका छन् ।
काभ्रेको पाँचखाल जोरपाटी माविका प्रधानाध्यापक गणेशमान गुरुङ्ग र शिक्षक मच्छेनारायण श्रेष्ठलाई नियन्त्रणमा लिइएको प्रहरीले पुष्टि गरेको छ । पक्राउ परेकाहरु मथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय काभ्रेले जनाएको छ ।
मेयर खरेलले विद्यालय अनुगमन गर्ने क्रममा घटनाको रहस्य खुलेको हो ।
विद्यालयका प्रधानाध्यापक गुरुङ्गले घटना लुकाउन खोजे पनि छात्रालाई पठाएको अश्लील सन्देशले घटना बाहिरिएको मेयर खरेलले बताए । पाँचखालको जोरपाटी माविको कक्षा ९ मा पढ्ने छात्रामाथि होटेलमा लगेर गत कात्तिक ११ गते जबरजस्ती करणी गरेको अनुसन्धानमा खुलेको छ ।
उनीहरु पक्राउ परेसँगै विद्यालय व्यवस्थापन समितिले प्रधानाध्यापकलाई बर्खास्त गरी कार्यवाहक प्रधानाध्यापक नियुक्त गरेको छ ।
प्रतिक्रिया दिनुहोस्